गणतन्त्रका सूत्रधारहरुनै गणतन्त्र स्मारकमा अनुपस्थित



काठमाडौं । संविधान दिवसका अवसरमा नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको गणतन्त्र स्मारकमा माल्यार्पण गरिएको छ । शनिबार नेकपाका नेता सुवास नेम्वाङ, पर्यटनमन्त्री यागेश भट्टराई लगायतले गणतन्त्र स्मारकमा माल्यार्पण गरेका हुन् । त्यसक्रममा नेकपाका अन्य नेताहरुको पनि सहभागीता थियो ।

उक्त स्थानमा गणतन्त्र स्थापनाका लागि ज्यान गुमाएकाहरु, अंगभंग भएकाहरु र बेपत्ता भएकाहरुको सम्झानामा स्मारक बनाइएको छ । माल्यार्पणपछि उनीहरुले गणतन्त्र स्मारक पार्कको अवलोकन पनि गरेका थिए ।

जनआन्दोलनको प्रतीक, राजतन्त्रको बहिर्गमन र गणतन्त्रको आगमनको प्रतीकका रुपमा गणतन्त्र स्मारक निर्माण गरिएको थियो । उक्त स्मारक पार्कसहित पैँतीस रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने स्मारकमा गएनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार