…के म साँच्चै नामर्द शिक्षक हुँ त ?
…….के म साँच्चै नामर्द शिक्षक हुँ त ?
तिमी नेता बन्यौ बाबू तर मैले नेतृत्व सिकाउन भुलेंछु ।
तिमी व्यापारी बन्यौ , मैले व्यापारिक बनाउन बिर्सेंछु ।
मलाई माफ गर ,
तिमीले अन्तै ध्यान दिएको बेलामा मैले भ्रस्टाचार नगर्नु भनेर सिकाएँछु ।
तिमीलाई तयारै नगराई शिष्टाचारको पाठ पढाएँछु ।
तिमी कक्षामा अनुपस्थित भएको दिन नै हुनुपर्छ ,
नागरिकको कर्तव्य भन्ने पाठ घोकाएँछु ।
तिम्रो बाबाले भिकारीलाई लखेटेर मज्जा लिएको दिन,
बाबाको पराक्रम देखेर तिमी खुसी भएको दिन,
त्यै दिन परेछ कि क्या हो……
मैले परोपकार भन्ने पाठ घोकाएको दिन ।
माफ गर मलाई !!!!
मैले तिमीलाई सदाचारी बनाउन सकिन ।
मैले तिमीलाई इमान्दार नेता बनाउन सकिन ।
सच्चा र लोभ नभएको ठेकेदार बनाउन सकिन ।
देशको माया गर्न सक्ने नागरिक बनाउन सकिन ।
गोबिन्द के.सी. जस्तै डाक्टर बनाउन सकिन ।
रबि लामिछाने जस्तो पत्रकार बनाउन सकिन ।
कृष्ण कँडेल जस्तो परोपकारी बनाउन सकिन ।
न त धुर्मुस ( सिताराम कट्टेल) जस्तो विकासप्रेमी बनाउन सकें ।
न त कुलमान जस्तो कर्मचारी बनाउन सकें ।
मलाई माफ गर शिष्य !!!!!
मैले त तिमीलाई बेकुफ बनाएँछु ।
त्यसैले त नेपाल आमाले मलाई धिकारिरहेकी छन् ।
एउटा व्यक्तिलाई पनि योग्य बनाउन नसक्ने त जस्तो नामर्द शिक्षक भनेर ……
इन्द्र प्रसाद पाण्डे।