विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन करोड नाघ्यो



अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले कोरोनाभाइरसबाट विश्वभरि सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या तीन करोड नाघेको जनाएको छ ।

चीनको वुहानमा गतवर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या नौ लाख नाघेको तथ्याङ्कले देखाउँछ । कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ ।

हालसम्म त्यहाँ ६६ लाख ६९ हजार ३ सय २२ भन्दा बढी सङ्क्रमित भएका छन् भने १ लाख ९७ हजार ५८९ जनाको मृत्यु भएको विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो । मृतकको सङ्ख्याको हिसाबले चाहिँ ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ ।

ब्राजिलमा १ लाख ३४ हजार १०६ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८३ हजार १९८ जनाको मृत्यु भएको छ । रुस १० लाख ८१ हजार १५२ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७ लाख ४४ हजार ४०० व्यक्ति सङ्क्रमित छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।

उत्तरी गोलाद्र्धमा पर्ने देशहरूमा हिउँद याम शुरू हुन लाग्दा नराम्ररी प्रभावित देशहरूमा सङ्क्रमित हुनेहरूको सङ्ख्या बढ्न थालेको छ । डब्ल्यूएचओका युरोप निर्देशक हान्स क्लूगाले सङ्क्रमणमा देखिएको वृद्धिलाई सजग गराउने घटना को रूपमा लिइनुपर्ने बताए ।

उनका अनुसार विगत दुई साताभित्र युरोपेली सङ्घ (ईयू)का आधाभन्दा बढी सदस्य राष्ट्रमा नयाँ सङ्क्रमितको सङ्ख्यामा दुई गुणाले वृद्धि भएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन ४९ उद्योगलाई प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत उपभोग गरेका ४९ उद्योगलाई

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौँ  । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक

भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन

नयाँदिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । गएराति मुम्बईस्थित

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

काठमाडौं । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप