थप १५३९ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु



काठमाडौं । नेपालमा बुधबार थप १५३९ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा १५३९ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौंमा ६५२, भक्तपुरमा भक्तपुरमा २५ र ललितपुरमा थप ६० जनामा संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ३७९ पुगेको छ । बुधबार थप १०६८ जना डिस्चार्ज भएका छन् । योसंगै डिष्चार्ज हुनेको संख्या ४१ हजार ७०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हाल होम आइसोलेशनमा ७,७०१ जना रहँदा संस्थागत आइसोलेशनमा ८,५४१ जना रहेका छन् । हालसम्म ८ लाख ७२ हजार २७४ वटा पीसीआर भएको उनले जानकारी दिए ।
त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १६,२४२ रहेको छ । त्यस्तै क्वारेन्टाइनमा ७८२० जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मलद्वारमा सुन लुकाएर ल्याउने चार विदेशी त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन विभानस्थलबाट ३ किलो ७४५ ग्राम  सुनसहित चार जना पक्राउ परेका

पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने छ: प्रचण्ड

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

काभ्रे । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का

अब त देवत्व र घृणा होइन निर्माणको विमर्श हुनुपर्छ

-डा. युवराज संग्रौला । २००७ सालदेखि आजसम्म देशको राजनीतिले ‘देवत्वकरण र घृणा’ को