सौन्दर्य व्यवसायी सडकमा(फोटोफिचर)



काठमााडौं । सौन्दर्य कला ब्यवसाय संघले व्यवसाय खोल्न पाउनुपर्ने माग सहित काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ । बन्दाबन्दीको पालना गर्ने गराउने क्रममा व्यवसायीहरुको छाता संस्था सौन्दर्य कला व्यवसायी संघले समेत लामो समयसम्म सरकारलाई साथ दिदै आएपनि अव भने व्यवसाय खोल्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो ।

करिब साढे पाँच महिनासम्म व्यवसाय बन्द गर्दै आईएको हुँदा हाल अधिकांश सौन्दर्य कला व्यवसायीहरु र यस व्यसायमा आश्रित श्रमिक वर्गलाई दैनिकी गुजार्न समेत मुश्किल परिरहेको संघको भनाई छ ।

स्वास्थ्य संकटसँगसंगै आर्थिक संकट समेत बढदै गईरहेको र व्यवसाय संचालन गर्न नपाउँदा ऋृणको भारले उल्टो स्वरोजगारमुखी पेशा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको नेपाल सौंन्दर्यकला ब्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठले बताइन् । लामो समय बन्द व्युटी पार्लर व्यसायलाई तत्काल सुचारु हुने गरि गराउन मार्ग प्रशस्त गर्न उनले आग्रह पनि गरिन् ।

संघले यसअघि व्यवसाय खोल्न पाउनुपर्ने माग सहित काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय