ओम्नी समूह कालोसूचीमा, एक वर्षसम्म खरिदमा सहभागी हुन नपाउने



काठमाडौं । स्वास्थ्य सामग्री खरिद अनियमितता प्रकरणमा मुछिएको ओबीसीआई प्रालि (ओम्नी समूह) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना प्रकाशित गरी ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखेको जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

ओम्नीसँगको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सर्वत्र विरोध भएपछि सरकारले जीटूजीमार्फत औषधि खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । कोरोना महामारीसँग जुध्न स्वास्थ्य सामग्री खरिद गर्नेसम्बन्धी उक्त प्रक्रियाबारे संसद्को सार्वजनिक लेखा समितिले पनि अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अदालतले पक्राउ पुर्जी जारी गरेपछि सार्वजनिक लेखा समितिका सभापतिका स्वकीय सचिव बर्खास्त

काठमाडौँ । संसदको सार्वजनिक लेखा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीमा संलग्नको

एमसीसी बोर्डद्वारा नेपाललाई ६ अर्ब ८० करोड अनुदान थप

वासिङ्टन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले ६ अर्ब ८० करोड

दलगत ट्रेड युनियन खारेज गर्नैपर्छ

सुमना श्रेष्ठ । राजनीतिक पार्टीहरूले आफूले सम्हाल्नै नसक्ने भस्मासुर निर्माण गरेका छन् र