अक्सफर्ड यूनिभर्सिटीको कोभिड-१९ खोप परीक्षण फेरि सुरु हुँदै



एस्ट्राजेनेका र अक्सफर्ड यूनिभर्सिटीले कोभिड १९ विरुद्ध बनाएको एउटा खोपको अन्तिम चरणको परीक्षण फेरि सुरु हुने भएको छ । वेलायतमा एक स्वयंसेवी बिरामी परेपछि खोपका कारण प्रतिकूल प्रभाव परेको आशङ्कामा केही समय परीक्षणको प्रक्रिया रोकिएको थियो । एस्ट्राजेनेकाले ती व्यक्तिको अस्वस्थता र खोपको सम्बन्धबारे अध्ययन गर्न परीक्षण रोकिएको मङ्गलवार बताएको थियो ।

तर शनिवार अक्सफर्ड यूनिभर्सिटीले खोप सुरक्षित भएको निष्कर्ष निकाल्दै परीक्षणलाई निरन्तरता दिइने घोषणा गरेको छ । वेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले फेरि खोप परीक्षण हुने समाचारको स्वागत गरेका छन् ।

उनले भनेका छन्, ‘यो विरामले हामी सुरक्षालाई पहिलो स्थानमा राख्छौँ भन्ने देखाएको छ। हामी आफ्ना वैज्ञानिकहरूलाई यथाशीघ्र सुरक्षित रूपमा एउटा प्रभावकारी खोप तयार पार्न सघाउँछौँ ।’

विश्वविद्यालयले एउटा विज्ञप्तिमा ठूला परीक्षणहरूमा अहिलेको जस्तै केही सहभागीहरूलाई बिसन्चो हुनसक्ने उल्लेख गरेको छ । उसका अनुसार एउटा स्वतन्त्र समिति र वेलायतको नियामक निकायले उक्त खोपको सुरक्षाबारे समीक्षा गरेपछि परीक्षण फेरि सञ्चालन हुने भएको छ । गोपनीयता कायम राख्नुपर्ने भएकाले अक्सफर्ड यूनिभर्सिटीले बिरामी परेका व्यक्तिबारे केही बताएको छैन ।

तर न्यूयोर्क टाइम्सले ती व्यक्तिमा ट्रान्स्भर्स माईलाईटस नामक मेरुदण्डको जलन हुने समस्या देखिएको थियो । भाइरल सङ्क्रमण हुँदा उक्त समस्या उत्पन्न हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले झन्डै १८० वटा खोपको परीक्षण भइरहेको छ।

तर कुनैको पनि अन्तिम परीक्षण सम्पन्न भएको छैन । अक्सफर्डको संलग्नता भएको यो खोप दुई चरणका परीक्षणहरूमा सफल देखिएको थियो। यो चाँडै बजारमा आउन सक्ने धेरैले ठूलो आशा गरेका छन् । यसको तेस्रो चरणको परीक्षणमा वेलायत, अमेरिका, ब्रजिल र दक्षिण अफ्रिकामा ३० हजार स्वयंसेवीहरू सहभागी छन् ।

खोपको तेस्रो चरणको परीक्षणमा विश्वभरि हजारौँ मानिसहरू सहभागी हुन्छन् र त्यस्ता परीक्षणहरू वर्षौँसम्म चलिरहन्छन् । सङ्गठनले सुरक्षित तरिकाले परीक्षण गर्न समय लाग्ने भएकोले यो वर्ष नै कुनै पनि खोपले अनुमति पाउने अपेक्षा आफूले नराखेको बताएको छ । प्रभावकारिता र सुरक्षा निर्देशिका पूरा गरेर अनुमति पाउन कुनै पनि खोपलाई समय लाग्ने उसले बताएको हो ।

परीक्षणको पहिलो र दोस्रो चरण सफलतापूर्वक पार गरिसकेकोले एस्ट्राजेनेका अक्सफर्ड विश्वविद्यालयले बनाइरहेको खोपलाई अग्रपङ्क्तिमा रहेको प्रतिस्पर्धीको रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो नोभेम्बर महिनाको ३ तारिखमा हुने राष्ट्रपतीय चुनावअघि नै अमेरिकामा उपलब्ध होस् भन्रे आफूले चाहेको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले भूकम्प प्रभावित जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनःस्थापनालाई तीव्र बनाउने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आँकलन, पुनःनिर्माण र पुनःस्थापनालाई तीव्रता दिइएको

राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान

भारतमा एक पटकमा एक बियरमार्फत परिवर्तन ल्याउँदै महिलाहरू

भारत । भारतको बढ्दो क्राफ्ट बियर दृश्यको अंशका रूपमा वर्षा भाट दुई तरिकाले

इयूको उदय अमेरिकालाई ‘मजबुत बनाउन’ भएको ट्रम्पको भनाइ

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो क्याबिनेट बैठकमा युरोपेली