नेकपा स्थायी कमिटी बैठकः प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी, ओली सरकार संचालनमा केन्द्रित हुने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टीको एकता महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित गर्दै एकता महाधिवेशन मिति तय गरेको हो । महाधिवेशनको तयारीका लागि कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रित हुने र प्रचण्डले कार्यकारी भूमिकासहित पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकले पार्टीको मार्गनिर्देशनमा सरकार संचालन हुने निर्णय पनि बैठकले गरेको छ । सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिँदा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।
त्यस्तै नेकपाले संसदमा विचाराधीन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय पनि छ । प्रवक्ता श्रेष्ठले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझावअनुसार पार्टीमा छलफल गर्दै एमसीसी सम्झौतालाई संशोधन गरिने उल्लेख गरे ।

बैठकले भारतसँग राजनीतिक र कूटनीतिक वार्तामार्फत नै सीमा समस्या समाधान गर्न आवश्यक भएको निष्कर्ष निकालेको छ । सरकारलाई यो विषय अझ प्रभावकारी ढंगले अघि बढाउने सुझाव पनि बैठकले दिएको छ । सरकारले कोभिड–१९ का बारेमा अहिलेसम्म यसको रोकथाम, नियन्त्रण र उपचारका सन्दर्भमा लिएका नीति, योजना र कार्यक्रमहरुलाई सकारात्मक रुपमा बैठकले लिएको प्रवक्ता श्रेष्ठले बताए । असार १० बाट सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक शुक्रबार टुंगिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा परी देशभरमा ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता

काठमाडौँ । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले

कोशी ब्यारेजको पुलबाट पैदल आवतजावतसमेत बन्द

  इनरुवा ।  कोशी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोशीमा

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी ३४ जनाको मृत्यु, डुबानमा परेका १३ सयको उद्धार

काठमाडौँ  । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरामा परी काठमाडौँ  उपत्यकामा ३४ जनाको मृत्यु

अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अहिले सञ्चालन भइरहेका सबै तहका परीक्षा स्थगन गर्ने निर्णय गरेको