थप १४५४ जनामा कोरोना संक्रमण, ९७२ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा थप ३८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,७०१ जनाको नमुना परीक्षण गरिएको छ । योसँगै कोरोना संक्रमितको संख्या ५१९१९ पुगेको छ ।

आइसोलेसनमा १४९२५ जना सक्रिय संक्रमित रहेका छन् । क्वारेन्टाइनमा ६,०७८ जना रहेका छन् । शुक्रबार थप ९७२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३६,६७२ पुगेको मन्त्रालयले जनाएको छ । आइसियूमा १७० जनाको उपचार भइरहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । मोरङ, महोत्तरी, धनुषा, काठमाडौं र नवलपरासीका गरी थप पाँच जनाको मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा देउवा र कोइराला पक्षका नेविसंघका कार्यकर्ताबीच झडप

विराटनगर ।  नेपाल विद्यार्थी संघ मोरङमा दुई पक्षबीच कुटाकुट भएको छ। बिहीबार स्वतन्त्र

सबै नेपालीलाई नागरिक बीमामा जोड्नु पर्छः स्वास्थ्यमन्त्री पौडेल

ललितपुर ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने