संसदीय समितिको टोली अनुगमनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुग्दा…



काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको कोभिड १९को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको अनुगमन गरेको छ । कोरोना महामारीका बेला कोरोना परीक्षणको अवस्था र देखिएका समस्याका बारेमा छलफल गर्दै उपसमितिले जनस्वास्थ्य प्रयोगशालाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकारीहरुले प्रयोगशालाको हालको अवस्था, दैनिक परीक्षण क्षमता लगायतकाबारेमा जानकारी गराएका थिए । अनुगमनका क्रममा उपसमितिका संयोजक जीवनराम श्रेष्ठले कोरोना परीक्षण शुल्क फरक फरक हुँदा जनमानसमा आशंका पैदा भएको बताए । सरकारले ४४ सय रुपैयाँ र निजीले २५ रुपैया लिनुको कारणबारे स्पष्ट पार्नुपर्ने बताए । त्यस्तै उनले देशभरका प्रयोगशालाको संख्या बढ्दै गएको यसको प्रभावकारितामा बिशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन् ।

त्यसक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी निर्देशक डा. रुना झाले कोरोना परीक्षणका क्रममा उपलव्ध स्रोत सामग्रीको अधिकतम प्रयोग गरिएको जानकारी दिइन् । उनले छिटो रिपोर्ट आउने पोर्टेवल परीक्षण मेसिनको प्रभावकारी कम भएकाले प्रयोग नगरिएको बताइन् ।
उपसमितिले कोभिड १९को सम्बन्धमा सरकारले गरेका कामकारवाहीको बारेमाा निरन्तर सरोकारवालासँग पनि छलफल गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा देउवा र कोइराला पक्षका नेविसंघका कार्यकर्ताबीच झडप

विराटनगर ।  नेपाल विद्यार्थी संघ मोरङमा दुई पक्षबीच कुटाकुट भएको छ। बिहीबार स्वतन्त्र

सबै नेपालीलाई नागरिक बीमामा जोड्नु पर्छः स्वास्थ्यमन्त्री पौडेल

ललितपुर ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने