अक्फोर्डले तयार गरेको कोभिडबिरुद्धको खोपको अन्तिम चरणको परीक्षण स्थगित



अक्स्फोर्ड विश्वविद्यालय र अस्त्रा जिनिकाले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपको अन्तिम चरणको क्लिनकल परीक्षण स्थगित गरिएको छ । क्लिनकल परीक्षणमा सहभागी एक बेलायती नागरिकमा खोप लगाएपछि गम्भीर प्रतिक्रिया देखिएको भन्दै क्लिनिकल परीक्षण हाललाई स्थगित गरिएको जनाइएको छ ।

खोप निर्माता अस्त्रा जिनिकाले परीक्षणका क्रममा कसैकसैमा अस्पष्ट रोग देखिएपछि परीक्षण रोकिनु नियमित प्रक्रिया रहेको जनाएको छ । अस्त्राजिनिका अक्सफोर्ड विश्वविद्यालय खोप विश्वव्यापी रूपमा विकसित भइरहेका दर्जनौं खोप मध्ये मुख्य दावेदारको रूपमा हेरिएको छ ।

पहिलो र दोस्रो चरणको क्लिनकल परीक्षण सफलतापूर्वक पूरा गरिसकेको अक्फोर्ड विश्वविद्यालयको खोप सबैभन्दा पहिले बजारमा आउने अपेक्षा गरिएको छ । यो खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण केही हप्ता पहिले मात्रै शुरु भएको थियो ।

अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका ३० हजारभन्दा बढी परीक्षणमा सहभागी भएका छन् । तेस्रो चरणको परीक्षण आगामी केही वर्षसम्म हुने र त्यसमा हजारौं मानिस सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा देउवा र कोइराला पक्षका नेविसंघका कार्यकर्ताबीच झडप

विराटनगर ।  नेपाल विद्यार्थी संघ मोरङमा दुई पक्षबीच कुटाकुट भएको छ। बिहीबार स्वतन्त्र

सबै नेपालीलाई नागरिक बीमामा जोड्नु पर्छः स्वास्थ्यमन्त्री पौडेल

ललितपुर ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने