थप ९०२ जनालाई कोरोना संक्रमण, एकैदिन २,२८७ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ३००, भक्तपुरमा ५८  र ललितपुरमा ३८  जनामा संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा ५,३१० जना रहेका छन् ।

आइसोलेसनमा १४,८६८ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप २२८७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३२,९६४ पुगेको छ । यो निको हुने दर ६८.५ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।

आइसियूमा १४४ जना उपचाररत छन् भने भेन्टिलेटरमा २३ जनाको उपचार भइरहेको छ । यसैबीच, विगत २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा एक जना, पर्सामा दुई जना, काठमाडौंमा एक जना र कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३०६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी आर्थिक वर्षको बजेट लेखनका लागि अर्थ मन्त्रालयले बनायो ६ सदस्यीय समिति

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट

सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित हुँदैन : महामन्त्री शर्मा

झापा। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसद्मा प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन

किन चाहियो प्रदेशमा लोकसेवा ?

काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग

लुम्बिनी न्यारोबडी विमानलाई मर्मत गर्न भारत पठाउने निगमको तयारी

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना विमानहरूको उडानसम्बन्धमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको