बाबुरामलाई सूर्य थापाको प्रश्नः ओलीसँग आँखा जुधाएर तपाईं यसो भन्न सक्नुहन्छ ?



सूर्य थापा ।

सामाजिक मर्यादा र शिष्टता पाेलेर खाएपछि सायद यस्तै हुन्छ कि ?डा. बाबुराम भट्टराई देशकाे प्रधानमन्त्री भइसकेकाे सम्मानित व्यक्ति हाे कि गाली शिराेमणि ? यस ट्वीटमा प्रयाेग गरेका केही भाषा, गालीगलाेज र सन्तुलन गुमाएकाेजस्ताे अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?
विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामकाे पक्षपाेषण महाशयले कहिले गर्नुभएको थियाे र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाई हुँदा गाेहीका आँसु झारेजस्ताे गर्नु र रूवाबासीकाे नक्कली नाटक प्रदर्शन गर्नु ?
अरूकाे सम्मान नगर्नेले लाेकबाट कसरी सम्मान र मर्यादा पाउँछ ? कसरी त्यसकाे अपेक्षा गर्नु ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर यसाे भन्न सक्नुहन्छ ?- “ओलीको निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्व… !”
केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्द गाेलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं “फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङकाे ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनकाे साेझाे मात्रै ?
जबकि “विप्पा संझाैता गरेर जुवा खेलें” भन्ने तपाईकाे आफ्नै कार्यशैली संझिनुस त ! कस्ताे थियाे, प्रधानमन्त्री हुँदा – जुवाडे भन्न अरूले पर्छ र ?
जबकि न्यूयाेर्क टाइम्सले २०७० सालमा “एसियाकै भ्रष्ट महिला” भनेर विशेष खाेज रिपाेर्ट प्रकाशित गरेकाे समेत बिर्सनु भयाे ? उहाँसँग तपाईंको के सम्बन्ध पर्छ ?
जबकि तपाईं र तपाईंकी श्रीमतीकाे सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले “माओवाद” लाई पनि धरधरी रूवाएकाे हाेइन र ?
तपाईंको स्तरमा गिरेर लेख्न त मलाई मन छैन, तर तपाईंको तन यहाँ, मन कहाँ छ आजभाेलि ? यस्ताे बेचैन र असन्तुलितचाहिँ किन बनिरहनु भएकाे हाे ?
तपाईंहरूकाे तह र हैसियतमा दल, विचार र दृष्टिकोण नमिल्न सक्छन्, त्यसाे हुँदैमा तपाईं यसरी मास्क मात्र लगाई अरू लुगाचाहिं लगाउनै बिर्सेर सामाजिक संजालमा निर्वस्त्र हुन सुहाउँछ त ?
तपाईंका आफ्नै निम्न केही शब्द फेरि एक पटक पढ्नुस त, कुन बिषालु नशा वा कसकाे रिमाेट संचालन/सनकमा यतिसम्म लेख्न सक्नुभएकाे हाे ?
“डा. खतिवडाको विदाइमा आँसु चुहाउने ठाउँ छैन।२/३निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै विताए । विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले ।ओलीको निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन! न रुनु न हाँस्नु !”

तपाईं रून र हाँस्न केही गर्नु पर्दैन, बरू यस्ताे लेखेर दुनियाँ हँसाउनचाहिँ छाड्नुस । बहिदार बन्न सजिलाे छ, बही बुझाउन गा-हाे भनेकाे संभवत: तपाईंको जस्तै हविगत हुँदा भनिएकाे हाेला !
पूर्व प्रधानमन्त्री पदकाे गरिमा र सम्मानकाे यसरी आफैले खिल्ली उडाएकाे त जगहँसाइ नै भयाे, महाेदय !!!!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पृथ्वीनारायण शाह र घृणावादको तराजु !

डा. गोविन्दशरण उपाध्याय । पृथ्वीनारायण शाह नेपालका राजा हुँदै विश्वभरी लोकतान्त्रिक गणतन्त्रको नाम

पन्ध्र महिनादेखि विपिन जोशीको सकुशल फिर्तीको प्रतीक्षामा परिवार

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन

तराईमा शीतलहर: बढ्दो जोखिममा पूर्वतयारी सुस्त

काठमाडौं । यतिबेला चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहरको जोखिम छ । लगातार

पोखरीमा कार खस्दा अमेरिकामा दुई नेपालीको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियाको चान्टिलीमा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ