आध्यात्मिकता र साम्प्रदायिकता



डा. गोविन्दशरण उपाध्याय ।

केही पश्चिमा विद्वानहरू आध्यात्मिकता “धर्मनिरपेक्ष” (secular) हुनुपर्ने वहस अगाडी बढाएका छन् | क्रिश्चियनहरूको थिचोमिचोबाट गत शताब्दिबाट मात्र मुक्त हुने प्रयत्न गरिरहेको मुसाई-समाजको एकलकाटे सांस्कृतिक परिवेशमा हुर्केका विद्वानहरूका लागि यो स्वाभाविक हुनसक्छ तर यही यही विचारका आधारमा वैदिक, जैनी तथा बौद्ध समुदायका आध्यात्मिक अभ्यासलाई समेत साम्प्रदायिक कट्टरताका रूपमा बुझिनु बौद्धिक दिवालीयापन हो |

पहिलो तत्थ्य अंग्रेजीको Spirit शब्दबाट spirituality शब्दको निर्माण भएको हो जसको अर्थ जीवनीतत्व (चेतनतत्व, भूत, प्रेत, विचआदिसंग सरोकार राख्छ | संस्कृतको अध्यात्म शब्दले विशिष्ट अवस्थामा रहेको आत्मतत्व (अधि+आत्मा) अथवा जीवनमुक्त भैसकेर अन्तप्रज्ञामा समग्र ज्ञान दृष्टि, समदृष्टि तथा जीवनमुक्त इत्यादि प्रतिमानहरूको शब्द सामर्थ्य राख्छ | शब्द सामर्थको तुलना गर्दा अंग्रेजी spirituality शब्दले भूतप्रेत वा प्राणशक्तिको विषयवस्तु सूचित गर्छ भने अध्यात्मवादले जीवनमुक्तिको अभ्यासलाई स्थापित गर्छ |

कुरान वा बाइबलमा मुस्लिम तथा इसाईहरूका धार्मिक क्रियाकलापलाई अध्यात्मिक व्यबहार (Spiritual Behavior) भनेर कहीं पनि उल्लेख गरिएको छैन | कुरान, तोरेत वा बाइबलको आदेश पालना गर्ने व्यक्तिहरू आध्यात्मिक होइनन्, उनीहरू फगत बाइबल वा कुरानमा अन्धविश्वास गर्ने फलानो पन्थमा अन्धविश्वास गर्ने अतिवादी समुहका असहिष्णु सदस्यमात्र हुन् | तेसैले कुनै यहुदी, इसाई वा मुस्लिमलाई अध्यात्मवादी भन्न मिल्दैन | उनीहरू आध्यात्मवादको अभ्यास गर्ने व्यक्ति होइनन् |

सम्प्रदायसंग नाता जोडेका व्यक्तिहरू आफ्नो सम्प्रदायका धर्मगुरु, धार्मिक पुस्तकहरूसम्म सीमित हुन्छन् | सम्प्रदायहरूमा तर्कका लागि कुनै स्थान हुँदैन | उनीहरू केवल आदेश पालक हुन् | एस्ता व्यक्तिहरूको संसार तर्क, जिज्ञासा तथा अपहेलना ठ्याक्कै सह्य हुँदैन | असलमा, उनीहरूका बुद्धिको बातायन केवल बाइबल र कुरानको पाना मात्र देखिने र बुझिने गरि अभिनिर्मित भएको हुन्छ | आध्यात्मिकतामा सम्प्रदायमा अन्धो भएर पूर्वाग्रहहरूको पोको बोकेर विनम्र अनुयायीलाई कुनै स्थान छैन |
क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार हत्याउन प्रतिगामी शक्ति हाबी हुँदै गएः पूर्वउपराष्ट्रपति पुन

गोरखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका

अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा एकीकृत समाजवादीको असहमति

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा

नेपाललाई पराजित गर्दै म्यान्मारलाई अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि म्यान्मारले जितेको छ । बुधबार त्रिपुरेश्वरििस्थत

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको