स्वास्थ्यकर्मीसहित गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, गोरखा, तनहुँ र नवलपरासीमा गरी थप ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये पोखरा महानगरपालिकाको मेडीप्लस अस्पतालमा उपचाररत २ जना, पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत ४ जना, पोखरा फूड्स प्रालिमा कार्यरत १७ महिला र ८ जना पुरुष, नवलपरासीको देबचुली १२ का ४० बर्षीय पुरुष स्वास्थ्यकर्मी लगायत छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २,५९८ पुगेको छ ।