फोटोमा हेर्नुस् ललितपुरको कर्फ्यु



ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्यू आदेशका कारण ललितपुर महानगरभित्रको जनजिवन पूर्णरुपमा प्रभावित भएको छ । कर्फ्यू आदेशका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पूर्णरुपमा निषेध गरिएको छ भने चोक चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । महानगरभित्र अत्यावश्येकबाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबार बिहान ४ देखि राति १० बजेसम्मका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको हो ।

कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो । स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो । सो क्रममा झडप भएपछि शान्तिसुरक्षा र चमनचयन कायम राख्न कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिनामंगलको एक होटलमा युवायुवती मृत फेला

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत भेटिएका छन् । आइतबार बिहान

पोखरा–मुग्लिन सडकको ठेक्काको मंसिर २० गते म्याद सकिँदै, भौतिक प्रगति जम्मा ३२ प्रतिशत मात्र

गण्डकी । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक

एकीकृत समाजवादीमा नेताहरूको ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीमा नेताहरूको जिम्मेवारी तथा कार्यविभाजनको टुंगो

रविलाई लामिछानेलाई म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइयो

पोखरा । सहकारीको रकम अपचलनको अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति