दाम्पत्य : अनन्यता



डा. गोविन्दशरण उपाध्याय ।

सुरक्षा खोज्नु पत्नीको अधिकार हो भने सुरक्षा दिनु पतिको कर्तव्य हो | कसैलाई पतिका रूपमा स्वीकार गरिसकेपछि एउटी महिलाले माया, आत्म सम्मान र आफ्नो सुरक्षालाई प्राथमिकता दिने तत्थ्य आधुनिक अनुसन्धानहरूले प्रमाणित गरेका छन् |

तेस्तै पुरुषले महिलाबाट प्रेम, विश्वास र समर्पणलाई बढी महत्व दिन्छन् | यी दुवै विधाहरू मान्छेले पशुकालबाट विरासतमा प्राप्त गरेका हुन् | पशुत्वका उपरोक्त प्राथमिक गुणहरू पुरुष र स्त्री दूवैले आजसम्म वहन गर्दै आइरहेका छन् |

यदि पत्नीले आफ्नो लोग्नेले आफुलाई माया नगरेको, सम्मान नगरेको र सुरक्षामा असफल भएको अनुभव गर्नासाथ पुरुषप्रतिको विश्वास गुम्न सक्छ, तेस्तो अवस्थामा घरमा झैं झगडा बढ्न सक्छन् |

पुरुषहरूले “समर्पण”प्रति सन्देह गरे भने निकै आक्रामक हुन्छन् | मूलतः: यौनप्रति एकाधिकार चाहन्छन् | पुरुषहरू “पत्नी”मा एकाधिकार चाहन्छन् | यो एकाधिकारको भावनालाई महिलाहरूले व्याबहारिक रूपमा विश्वासनीय राख्न सक्नुपर्छ |

पतिले पत्नीमा र पतिले पत्नीमा “अनन्यता” हुनुपर्छ | अनन्यको अर्थ एकअर्काले एकअर्कोलाई “अर्को” ठान्नु हो | विदेशी संस्कृतिको अनुकरण गरेर अनन्यता भंग गर्दा दुर्घटना पर्न सक्छ | तेसैले आफ्नो समाज, संस्कृति तथा विश्वासले विकसित गरेको “दाम्पत्य”मा विश्वास गरौँ, तेसको विनम्रतापूर्वक निर्वाह गरौँ |

सधैं स्मरण गरौँ सामान्य अवस्थामा सुरक्षा प्राप्त गर्नु पत्नीको अधिकार हो भने सुरक्षा प्रदान गर्नु पतिको कर्तव्य हो | विशेष अवस्थामा पत्नीले पतिलाई सुरक्षा दिनुपर्छ र पतिले त्यो सुरक्षालाई अधिकारका रूपमा उपभोग गर्न कत्ति पनि लाज मान्नु हुँदैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार हत्याउन प्रतिगामी शक्ति हाबी हुँदै गएः पूर्वउपराष्ट्रपति पुन

गोरखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका

अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा एकीकृत समाजवादीको असहमति

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा

नेपाललाई पराजित गर्दै म्यान्मारलाई अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि म्यान्मारले जितेको छ । बुधबार त्रिपुरेश्वरििस्थत

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको