पौडेल पक्षको विरोधका वावजुद देउवाद्वारा पार्टीको प्रचार विभागमा ४८ सदस्यको मनोनयन


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता पौडेल पक्षको विरोधकाबीच विभागमा मनोनयलाई निरन्तरता दिएका छन् । यसैक्रममा सभापति देउवाले बुधबार पौडेल पक्षको विरोधकाबीच पार्टीको सूचना, संचार तथा प्रचार विभागमा ४८ सदस्यको मनोनयन गरेका छन् । यसअघि पनि देउवाले विभिन्न विभागमा गठन गरेका थिए ।

महाधिवेशनको मिति तोकिएको अवस्थामा विभागमा मनोनयन गरिएको भन्दै पौडेल पक्षले विरोध गरेको थियो । तर देउवाले त्यसको वेवास्ता गर्दै आएका छन् ।

महाधिवेशनमा आफ्नो पक्षमा नेताहरुलाई ल्याउन उनले विभाग गठन गरेको भन्दै पौडेल पक्षले विरोध गर्दै आएको छ । महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने पार्टी विधानमा व्यवस्था भएपनि देउवाले अर्को महाधिवेशनको मिति तोकिएपछि धमाधम विभाग गठन गरेका छन् ।