२० प्रहरीसहित गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, लमजुङ, तनहुँ र नवलपरासीमा गरी थप ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पोखराको अमरसिंह चोकमा रहेको पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, पोखराका २० जना प्रहरीलगायत छन् ।