किन बढिरहेको छ निषेधाज्ञामा पनि कोरोना संक्रमण ?



 डा. रवीन्द्र पाण्डे |
..
– निषेधाज्ञाको माइक्रो म्यानेजमेन्ट नभएकोले |
– मुख्य सडक सुनसान बनाइएको तर भित्रि बस्ती र गल्लीमा कडाइ नगरेकोले |
– तरकारी बजार, डिपार्टमेन्टल स्टोरजस्ता भीड हुने ठाउँ खोलेकोले |
– पुलिंग मेथडबाट संबेदनशील स्थानमा मास टेस्टिंग नगरेकोले |
– जनचेतनाका प्रभावकारी बिज्ञापन, टेलिफ्लिम, कार्यक्रम ( बिभिन्न मातृभाषामा सहित ) निर्माण नगरेकोले |
– नागरिक परिचालन नगरेकोले |
– न्यून आय भएका नागरिकलाई राहत नदिंदा जोखिम मोल्न बाध्य भएकोले |
– बिज्ञको सुझाब अनुसार अल्पकालिन र दीर्घकालीन रणनीति नबनाएकोले |
– भारतसंगको सिमामा सुरक्षाकर्मी र स्थानीय नागरिकको संयुक्त गस्तीबाट नियन्त्रण नगरेकोले |
– अन्तर प्रदेश तथा अन्तर जिल्ला आवागमनको नियमन नगरेकोले |
– भारतीय मजदुर, संक्रमित जिल्लाबाट आएका व्यक्ति, सुकुम्बासी बस्ती, तरकारी बजार, चोकका पसल, बधशाला, साँगुरा गल्लीभित्रका ब्यबसायी, फोहोर तथा कवाड संकलन गर्ने व्यक्ति, सफाइकर्मी आदिमा खोजीखोजी परीक्षण नगरेकोले |
.
अब के गर्नुपर्छ ?
.
– लकडाउन तथा निषेधाज्ञाले दैनिक काम गरेर खाने बर्गलाई ठूलो समस्या परेको छ | तसर्थ निषेधाज्ञा हटाउने |
– सडक, बस्ती, गल्ली, बजार सबैतिर मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्नेजस्ता अभ्यास गरे / नगरेको नियमित अनुगमन तथा निगरानी गर्ने | मापदण्ड पालना नगर्नेलाई जरिवानाको ब्यबस्था गर्ने | सुरक्षाकर्मी तथा CCTV बाट हरेक टोलको भीडभाड अनुगमन गर्ने |
– मास्क र दुरी बिना कुनै सेवा उपलब्ध नगराउने | ९० % भन्दा धेरैले मास्क लगाउने तथा दुरी कायम गर्ने वातावरण तयार गर्ने |
– प्रत्येक वडा, क्लब, टोल सुधार समिति, महिला समुह, NGO, बिभिन्न पार्टीका भात्रृ संस्था आदिलाई परिचालन गरेर घरघरमा मास्क, साबुन, बिपन्नलाई राहत तथा जनचेतनाका सामग्री वितरण गर्ने | शंकास्पद व्यक्तिलाई खोजीखोजी परीक्षण गर्ने |
– पुलिंग मेथडबाट दैनिक १ लाखको कोरोना परीक्षण गर्ने |
– सार्वजनिक यातायातमा लामा र धेरै क्षमता भएका बस मापदण्ड पुरा गरेर संचालन गर्ने | माइक्रोबसलाई एम्बुलेन्स र टेम्पुलाई अन्य सामग्री बोक्न प्रयोग गर्ने |
– व्यक्तिगत सवारी जोरबिजोर चलाउने |
– सिटामोल, जीवनजल जस्तै मास्क, स्यानिटाइजर र साबुनलाई हरेक स्वास्थ्य संस्थाबाट निशुल्क वितरण गर्ने ब्यबस्था मिलाउने |
– कोरोना फ्री वडा / पालिका बनाउने अभियान सुरु गर्ने |
– संचार माध्यम तथा सामाजिक संजाललाई कोरोना रोकथामका उपाय, सकारात्मक बिचार तथा बैज्ञानिक बिचार प्रसारण / प्रकाशन गर्ने बातावरण सिर्जना गर्ने | जुनसुकै कोणबाट आतंक फैलाउने गतिविधिलाई निरुत्साहित गर्ने |
– पूर्ववत पेशाबाट बिस्थापित भएका, बेरोजगार तथा नोक्सानमा परेका समुहलाई नयाँ रोजगारीको क्षेत्र ( उत्पादन, वितरण आदिमा ) पुनर्स्थापित गर्न सरकारले सहजीकरण गर्ने |
– भीडभाड हुने क्षेत्र नखोल्ने |
– समुहमा बस्ने तथा काम गर्ने समुह ( सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, संचारकर्मी तथा होस्टेलमा बस्ने सबैलाई अनिबार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन लगाउने |
स्वतन्त्र विज्ञको समिति गठन गरेर हरेक संचार माध्यमबाट कोरोना संक्रमणबारे समान धारणा नियमित रुपमा प्रसारण / प्रकाशन गर्ने |
– मनोपरामर्श सेवा प्रभाबकारी बनाउने |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माइक्रोबस र टिपर ठोक्किँदा चितवनमा १३ जना घाइते, दुईको अवस्था गम्भीर

मुग्लिन (चितवन) । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका

बागलुङका बालबालिकालाई आईपीभी खोप लगाइँदै

बागलुङ  । बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि

बेलायती प्रधानमन्त्री सुनकद्वारा द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन्

पक्ष होस् या प्रतिपक्ष, आफ्नो भविष्यबारे मात्रै सोच्ने व्यक्ति असल नेता हुँदैन

नारायण गाउँले । देशभरि नै सहकारीमा हजारौँ जनताको अरबौं रुपियाँ डुबेको सत्य हो