पसल बिहान ६ बजेबाट राति ८ बजेसम्म खोल्न दिने व्यवस्था गरौं



गगन थापा । 

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनको लागि यतिवेला विभिन्न स्थानमा निषेधाज्ञा छ ।अर्थात् अत्यावश्यक र तोकिएका काम बाहेक हिंडडुल गर्न, घरबाट निस्कन निषेधित छ।यसको मुख्य उद्देश्य भनेको भिडभाड नहोस,एक घर परिवारको अर्को घर परिवारसंग भेट नहोस् जसले गर्दा कोही संक्रमित रहेछ भने पनि अन्यलाई सर्न नपाओस् भन्ने नै हो ।अर्को तर्फ सरकारले नै अत्यावश्यक सामान खरीदको लागि बिहान निश्चित् समयसम्म पसल खोल्न दिने र सामान किन्न दिनेगरी व्यवस्था गरेको छ । यसरी थोरै समय पसल खुल्न दिने र धेरै परिवारका मान्छे एकैपटक पसलमा सामान किन्न जानुपर्ने बाध्यता भएपछि त्यो समयमा झन धेरै भिडभाड हुनु स्वभाविक हो । यसो गर्दा निषेधाज्ञा लगाएर जस्को बिचमा भेटघाट नहोस्, सम्पर्क नहोस्, भिडभाड नहोस भनेको हो, यो व्यवस्थाले त झन सरकारले खोजेरै भेटघाट;सम्पर्क गराएको जस्तो भएन र ? त्यसैले यसरी निश्चित समय तोकेर किनमेल गर्न दिने कुरा अव्यवहारिक र जोखिमपूर्ण छ ।

अर्कोतर्फ घरमै बसेर अर्डर गरेर सामान मगाउन सकिने होम डेलिभरी सेवा उपलब्ध थियो ।यस सेवाबाट सामान किन्दा अलिकति ध्यान पुर्याउने हो भने त घर सम्म सामान ल्याईदिने संग त भेटघाट नै हुदैन । बिना सम्पर्क सामान किन्न सकिने अवस्था थियो । निषेधाज्ञाको बेला यो त झन उपयुक्त हुनुपर्ने हो , यसलाई व्यवस्थित गर्दै बिस्तार गर्नुपर्नेमा किन हो प्रशासनले यस्तो जोखिमको अवस्थामा यसको महत्व बुझ्न सकेन।

यो दुई प्रवन्ध ले के देखाउँछ भने हाम्रो काम सुझबुझपूर्ण ढङ्गले भइरहेको छैन । जुन कारणले निषेधाज्ञा जारी भएको छ त्यसलाई उल्लङघन हुनेगरी निर्णय गरिरहेका छौं । त्यसैले यो सन्दर्भमा तल उल्लेखित दुई कुरामा ध्यान दिन आवश्यक रहेको छ।

१) खाद्यान्न लगायत अत्यावश्यक सामानका पसल निश्चित् समय खोल्न दिने प्रवन्धलाई परिवर्तन गरी यस्तो पसल बिहान ६ बजेबाट साँझ ८ बजेसम्म खोल्न दिने व्यवस्था गरौं । प्रत्येक घर-परिवारलाई एउटा पासको व्यवस्था गरौं । पास लिएर आउनेले कुनै पनि समयमा तोकिएको क्षेत्र भित्र को पसल जान पाउने प्रबन्ध गरौं । पास भएको व्यक्ति मात्र घर बाहिर निस्कन पाउने भएकाले एकपटकमा एक घर-परिवारबाट एकजना मात्रै बाहिर निस्कन सक्छ जसले पसलमा एकैपटक भिडभाड हुन पाउदैन । टोलको जनसंख्या हेरेर, धेरै जनसंख्या भएको क्षेत्रको हकमा बार अनुसार छुट्टै पासको व्यवस्था गर्न सकिन्छ । यसरी व्यवस्था गर्दा भिडभाड नहुने भएकेले पसलमा अनिवार्य २ मिटरको सुरक्षित दुरी पनि कायम राख्न सकिन्छ र ग्राहकको आवश्यक रेकर्ड पनि राख्न सकिन्छ।

२. काठमाडौँ उपत्यकामा होम डेलिभरीलाई व्यवस्थापन गर्न मापदण्ड बनाउने समिति बनेको छ । यो समितिले मापदण्ड बनाउदा होम डेलिभरी सेवालाई संकुचित बनाउने नभई व्यवस्थित बनाउने सोच राख्नुपर्छ। अनलाईन मार्फत कारोबार गरिरहेका व्यवसायीको हकमा; ई-कमर्श र होम डेलिभरी संचालन गर्ने भनि अनुमति पाएमा कम्पनिहरुले के कस्ता सामान डेलिभरी गर्छन, जनशक्ति कति छ, सवारी साधन कति छन्, कसरी सेवा दिन चाहेको हो सबै जानकारी स्थानीय प्रशासनमा गराउने व्यवस्था गरौं। अहिलेको लागि होम डेलिभरीको लागी सञ्चानल गर्ने सवारी साधन र जनशक्तिको संख्या तोकौं अनि कम्पनीको कार्यालय (जहाँबाट सामान लोड गरिन्छ) त्यहाँपनि सबैले स्वास्थ सुरक्षाको मापदण्ड अनिवार्य अपनाउने र जुन घरमा सामान डेलिभरी गरिन्छ त्यो ठाँउमा उपभोक्तासंग पनि सुरक्षित दुरी कायम गरी कारोबार गर्ने व्यवस्था बनाउँ । संभव भएसम्म सम्पर्कमा नै नहुने कुरालाई प्रोत्साहान गरौं ।

यसरी कारोबार गर्दा होम डेलिभरी गर्ने व्यवसाय संग हामी डराउनु पर्दैन। यसबाट त मान्छे घर बाट निस्कने संभावना झन् कम हुन्छ जसले निषेधाज्ञा लगाउनुको अर्थ साबित गर्छ जुन हामीले चाहेका हौं।

त्यसैले, कोरोना संकट व्यवस्थापन समितिलाई मेरो आग्रह छ, स्थानीय प्रशासन र स्थानीय सरकारलाई समन्वय गरेर एक घर एक पासको व्यवस्था गर्न लगाउनुस ,साथै होम डेलिभरी सेवालाई थप सतर्कता साथ निर्वाध संचालन गर्ने व्यवस्था गरेर निषेधाज्ञाको अवधिमा व्यक्ति-व्यक्ति बिच अनावश्यक सम्पर्क बिना नै सामान किनमेल गर्ने अवस्था बनाउन लगाउनुस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेलायती प्रधानमन्त्री सुनकद्वारा द्विपक्षीय सम्बन्धलाई सुदृढ तुल्याउन ‘ब्रिटिस गोर्खा’को योगदानको प्रशंसा

काठमाडौँ । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन्

पक्ष होस् या प्रतिपक्ष, आफ्नो भविष्यबारे मात्रै सोच्ने व्यक्ति असल नेता हुँदैन

नारायण गाउँले । देशभरि नै सहकारीमा हजारौँ जनताको अरबौं रुपियाँ डुबेको सत्य हो

पशुपतिनाथको भेटी चोर्ने कोषका कर्मचारीसति आठ जना पक्राउ

काठमाडौँ । भगवान पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ

गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको