आफ्नो निर्णय लाद्ने होइन, विनम्रतापूर्वक विग्रेको वानी सुधार्न सहकार्य गरौं



डा. गोविन्दशरण उपाध्याय ।
चरकसंहितामा स्वास्थ्य तथा सुखी दाम्पत्य जीवनका लागि उचित आहार, उचित विहार (काम तथा सेक्स) समुचित निन्द्रा वा विश्रामका नियमित हुनुपर्छ भनिएको छ | यदि हाम्रो जीवनशैलीमा आहार, विहार र निन्द्रा व्यवस्थित छ भने हरेक पतिपत्नी एकआपसमा सुखी हुन्छन् | सुख वा खुसी हुनुको अर्थ हो – शारीरिक, मानसिक, भावनात्मक, सामाजिक, बौद्धिक तथा अध्यात्मिकतहमा सधैं ताजा रहनु |
खानपान व्यवस्थित नभएका, जथाभावी यौनाचार गर्ने, कति काम गर्ने वा नगर्ने टुङ्गो नभएका र सधैं अवेरसम्म जाग्ने र अवेरसम्म सुतिरहने पतिपत्नी शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा स्वास्थ्य रहन सक्दैनन् |

शारीरिक रूपमा स्वास्थ्य रहनका लागि पतिपत्नीले आहार, व्यबहार र विश्रामका समयहरू सन्तुलित र नियमित बनाउनै पर्छ | शरीरलाई जांड, जंकफूड, जथाभावी यौनाचार, अव्यस्थित जीवनशैलीको डम्पिंग-साइड बनाउने पतिपत्नीहरूको एकआपसी सम्बन्ध स्वास्थ्य रहन सक्दैन र तेसको असरले बालबालिका तथा परिवारमा पनि नराम्रो असर पर्छ |

तेसैले शरीरका लागि आवश्यक भोजन गरौँ | शरीरले सजिलै गर्न सक्ने काम गरौँ र राम्रो निन्द्रा (छ घण्टा ) सुतौं | सधैं स्मरण गरौँ शरीर स्वास्थ्य रहे मन स्वास्थ्य रहन्छ, मन स्वास्थ्य रहे आत्मा स्वास्थ्य रहन्छ, स्वास्थ्य पतिपत्नीहरूको एकआपसी प्रेम झन् स्वास्थ्य हुन्छ |
पतिले पत्नी को र पत्नीले पत्नीको खानपान, काम गर्नेशैली र विश्रामको वारेमा ध्यान दिउँ, एकआपसमा यी कुराहरू व्यवस्थित गर्न सहयोग गरौँ र एकअर्कालाई विश्राम, रमाइलो गर्न मदत गरौँ | आफ्नो निर्णय लाद्ने होइन, विनम्रतापूर्वक विग्रेको वानी सुधार्न सहकार्य गर्ने हो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार हत्याउन प्रतिगामी शक्ति हाबी हुँदै गएः पूर्वउपराष्ट्रपति पुन

गोरखा । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने बताएका

अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा एकीकृत समाजवादीको असहमति

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले अध्यादेशको प्रक्रिया र अन्तरवस्तु दुवैमा

नेपाललाई पराजित गर्दै म्यान्मारलाई अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियिनसिपको उपाधि म्यान्मारले जितेको छ । बुधबार त्रिपुरेश्वरििस्थत

भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू बेलायत ननिटनको मेयरमा मनोनीत

बेलायत । भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको