कोरोना संक्रमणबाट विश्वमा ८ लाख ४१ हजार २ सय ९० जनाको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमितको संख्या २ करोड ४९ लाख ६ हजार ५ सय ३ पुगेको छ ।
संक्रमितमध्ये ८ लाख ४१ हजार २ सय ९० जनाको मृत्यु भइसकेको छ भने १ करोड ७२ लाख ९६ हजार ९ सयभन्दा बढी निको भइसकेका छन् । हालसम्म ६९ प्रतिशत संक्रमितले कोरोनालाई जितेका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ८२ हजार ७ सय ६ संक्रमित थपिएका छन् भने ५ हजार ६६७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६७ लाख ६८ हजार २२३ जनाको विभिन्न अस्पतालका आइसोलेसन तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । जसमध्ये ६१ हजार १८१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ६० लाख ९६ हजार २ सय भन्दाबढी सङ्क्रमित भएका छन् ।संक्रमितमध्ये ३३ लाख ७५ हजार ८ सय भन्दाबढी निको भएका छन् भने १ लाख ८४ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ ।

अमेरिकापछि सबैभन्दा धेरै प्रभावति देखिएको ब्राजिलमा सङ्क्रमितको संख्या ३८ लाख १२ हजार ६ सय ५ पुगेको छ भने १ लाख १९ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २९ लाख ७६ हजार ७ सय भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३४ लाख ६१ हजार २ सय ४० पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ६२ हजार ७ सय नाघेको छ ।
संक्रमितमध्ये २६ लाख ४७ हजार ५ सय भन्दा धेरै निको भएका छन् भने ७ लाख ५० हजार ९ सयबढीको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा