भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो, ६१ हजारको मृत्यु



विश्वका २ सय १६ देशमा फैलिएको कोरोना सङ्क्रमितमध्ये १ करोड ७० लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।
महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ४६ लाख २४ हजार ९ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ७० लाख ९२ हजार ७ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ लाख ३५ हजार ६ सय भन्दाबढी पुगेको वल्डोमिटरमा उल्लेख छ। पछिल्लो २४ घण्टामा ५ हजार ८ सय भन्दा बढीको मृत्यु भएका छन् भने २ लाख ६२ हजार ७ सय भन्दाबढी कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये ६६ लाख ९६ हजार ६ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६१ हजार ४ सय बढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ६० लाख ४६ हजार ६ सय भन्दाबढी सङ्क्रमित भएका छन् ।संक्रमितमध्ये ३३ लाख ४७ हजार ९ सय भन्दाबढी निको भएका छन् भने १ लाख ८४ हजार ७ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३७ लाख ६४ हजार ४ सय ९३ पुगेको छ भने १ लाख १८ हजार ७ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २९ लाख ४७ हजार २ सय भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ८४ हजार ५ सय ७५ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१ हजार ६ सय नाघेको छ । संक्रमितमध्ये २५ लाख ८३ हजार भन्दा धेरै निको भएका छन् भने ७ लाख ४९ हजार ८ सयबढीको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि