अन्यायको भूमरीमा सनातनी !



डा. गोविन्दशरण उपाध्याय ।

नेपालमा सनातनी हुनु तेसमा पनि बाहुनक्षेत्री हुनु र तेसभित्र पनि सन्त, पण्डित वा पूजारी हुनु भनेको न्याय नपाउने ग्यारन्टी नै हो | अव नेपालमा धर्म, जात र विदेशीहरूको चाहनाका आधारमा न्याय-अन्याय तय गरिने छ | गरीव, निमुखो, विपन्न, सीमान्तीकृत भएर मात्रै पुग्दैन तिमी अमुक जातको र अमुक पार्टीको हुनैपर्छ |

म प्रष्ट देखिरहेको छु, सनातन धर्म संस्कृतिहित नेपाल निर्माण गर्ने संरचनाको कार्यादेश पालन हुँदैछ – कि धर्म परिवर्तन गर्नुस्, होइन भने तेस्रो दर्जाको नागरिक भएर बाँच्ने अभ्यास गर्नुस् | आफुले सङ्गठन निर्माण गर्न नसक्ने र सङ्गठन निर्माण गरेकासंग हिड्न नसक्ने वानिका लागि हामीले पाउनु पर्ने पुरस्कार नै यही हुन्छ |

सत्य तीतो हुन्छ | नेपालको सामाजिक सद्भावमा जातीय घृणावादको बीऊ रोप्ने डा. गोपाल गुरुङजस्ता व्यक्तिहरूको नेपाली झण्डा जलाएर पूजा गर्दा राज्य निरीह हुन्छ किनभने उक्त समुह घृणावादमा विश्वास राख्ने केही उग्रपन्थीबाट निर्देशित हुन्छ | पूर्वप्रधानमन्त्रीले विदेशी चाडमा खुसी व्यक्त गर्छन् आफ्ना जनताले स्वसंस्कृति मानेको देख्दा खेद प्रकट गर्छन् र आफ्नो संस्कृति, सभ्यता र संस्कार मान्नेहरू निन्दीत हुन्छन् र माने-मन्दिरहरूलाई आलुगोदाम वा चर्च बनाएकोमा खुसी व्यक्त गर्छन् | गुरुकुलका लागि सूको चुहिन्न तर १८ झोले मदरसा र तेत्तिकै संख्याका चर्चहरूका लागि पशुपतिनाथको पैसा जान्छ |

म प्रष्ट देखिरहेको छु वेदविद्याश्रम पढ्ने बटुकका टुप्पीहरूको भविष्य अझैं अध्यारो हुँदैछ, आफ्नो धर्म, संस्कृति तथा संस्कारहरू पुस्तान्तरण गर्ने मुक्तिनाथहरूको नृसंस हत्या हुने छ, रोतहटमा आफ्नै पराक्रमले निर्माण गरेको मन्दिर परिसरमा भोजन गर्दै गर्ने असंख्य दासहरू, सनातन धर्मका असंख्य विनम्र अनुयायीहरूको प्रायोजित हत्या हुने छ | यो सवै काम कसले र कसको सहमतिमा हुने छ ! यो टिप्पणी पढ्नेहरूले आफै अनुमान गरिरहनु भएको छ, मैले भविश्यवाणी गर्नु पर्दैन |

हे सगरमाथा, कोशी, लुम्बिनी, मुक्तिनाथ, बूढासुब्बाहरू !! वरू अहिले देखिनै आफ्नो इतिहास लेख्न आरम्भ गर |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१० वर्षमा आगलागीका घटनामा परी ७ सय भन्दाबढीको मृत्यु

काठमाडौं । पछिल्लो समय आगलागीका घटनामा वृद्धि हुनुका साथै त्यसबाट हुने जनधनको क्षति

एयर ट्राफिक कन्ट्रोलरसँग अश्लिल शब्द बोल्ने तीन हेलिकप्टर पाइलट निलम्वित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द

धितोपत्रको भित्री कारोबारको अभियोगमा ऊर्जा व्यवसायी न्यौपानेविरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला अदालत काठमाडौँमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध तीन करोड २३ लाख

गाउँपालिका अध्यक्ष हुँदा करिव एक करोड गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै बानियँविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिका पूर्वअध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचार