काठमाडौंमा २७० सहित थप १,१११ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १,१११ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा २७० जनामा, भक्तपुरमा ४१ जना र ललितपुरमा थप ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२,६२९ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ९,४८८ जना रहेका छन् । आइसोलेसनमा १५,२७३ सक्रिय संक्रमित रहेका छन् । बिहीबार थप ५६९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २०,०७३ पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना संक्रमितको संख्या ३५,५२९ पुगेको छ ।