विश्वमा कोरोना संक्रमणबाट ८ लाख २९ हजारको मृत्यु, २ करोड ४३ लाख संक्रमित



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ४३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड ४३ लाख ३१ हजार ५ सय २४ पुगेको छ । जसमध्ये १ करोड ६८ लाख ७२ हजार ५ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

यस्तै एकै दिन थप ६ हजार ३ सय भन्दाबढीको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २९ हजार ६ सय ६४ पुगेको छ ।

संक्रमितमध्ये ६६ लाख २९ हजार ३ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार ५ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा ३४ लाख ३४ हजार ३१७, उत्तर अमेरिकी मुलुकहरूमा ७० लाख ९१ हजार ६१५ ,एसियाली मुलुकहरूमा ६५ लाख ७८ हजार ८६१ ,दक्षिण अमेरिकी मुलुकहरूमा५९ लाख ७२ हजार ४४८, अफ्रिकी मुलुकहरूमा २८ हजार ६५६, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २७ हजार ७८४ जना संक्रमित भएका छन् ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६० लाख नाघेको छ । कोरोनाका कारण १ लाख ८३ हजार ६ सय भन्दा बढीको मृत्यु भएका छन् भने ३३ लाख १३ हजार ८ सय भन्दाबढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३७ लाख २२ हजार भन्दाबढी संक्रमित भएका छन् भने १ लाख १७ हजार ७ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २९ लाख ८ हजार ८ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा ३३ लाख ७ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएका छन् भने १ शजार १७ जनाको मृत्यु भएको छ । यससंगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६० हजार ६ सय २९ पुगेको छ । संक्रमितमध्ये २५ लाख २३ हजार ४ सय भन्दा धेरै निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् नेपाल र कतारबीच यसअघि भएका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

रुसी चेम्बर्सलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

  काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले