गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङका २० जना, नवलपरासीका एक र कास्कीका दुई जनामा संक्रमण पुष्टि भएको हो । लमजुङमा बैंकका कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १,९३६ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १,६४३ (निको हुने दर ८४.८६% ) रहेको छ ।