कोरोना रोकथाम तथा नियन्त्रणमा आममानिसको व्यवहार परिवर्तन चुनौतिपूर्ण : डा. भ्यानडिलिएर



काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्युदर पनि बढ्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको अन्तरवार्ताका क्रममा उनले अहिले नेपालमा देशैभरी धेरै कोरोनाका केसहरु देखिन थालेको र बढी उमेरमा मानिसमा थप वृद्धि हुने सम्भावना रहेको उल्लेख गरेका छन् । उनले भने, ‘केही महिना अघि विदेशबाट फर्किएकामा मात्र केस थियो । फर्किेनेहरुको सङ्ख्या घटेकाले केश पनि घटेको देखिएको थियो । तर, अहिले सङ्क्रमितको सङ्ख्या बढेको छ । यो सुरुआत मात्रै हो । केसहरु निकै नै बढनेवाला छ । परिस्थिति अझै नराम्रो हुनेवाला छ ।’

यसो भन्दै गर्दा अन्य धेरै केस देखिएका मुलुक जस्तै ब्राजिलमा पनि समग्र जनसङ्ख्याको एक देखि दुई प्रतिशतलाई मात्र सङ्क्रमण देखिने अवगत गराउँदै डा भ्यानडिलिएरले नेपाल अहिले त्यो अवस्थाा पुगिनसकेको बताए । नेपालमा अहिले शून्य दशमलव एक प्रतिशतको हाराहारीमा मात्र सङ्क्रमण भएको छ । उनले भने, ‘यसबाट मैले के भन्न खोजको हो भने केसको सङ्ख्या बढेपनि आत्तिहाल्नुपर्ने अवस्था छैन । अन्ततः सङ्क्रमण हुनेको सङ्ख्या पनि समग्र जनसङ्ख्याकोे तुलनामा कम नै हुनेवाला छ । हाम्रो वरिपरी र अहिले टोल छिमेकमा केश देखियो भन्दैमा सबैले आत्तिनुपर्देन । किनभने सबै जना सङ्क्रमित हुने भन्ने होइन ।’

केसको सङ्ख्या बढिरहेको र सङ्क्रमणको जोखिम पनि बढिरहे पनि थौरै जनसङ्ख्यालाई मात्र सङ्क्रमण देखिने र अधिकांश व्यक्तिलाई मन्द लक्षण मात्र देखिनुका साथै घातक नहुने उनको भनाइ थियो । फरक प्रसंगमा विश्व स्वास्थ्य सङ्गठनले कोरोना रोकथाम र नियन्त्रणमा नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको भन्दै उनले सहकर्मीहरु सरकारी अधिकृतसँग हातमा हात मिलाएर काम गरिरहेको, कोरोनाको प्रतिकार्यका लागि तयारी, निगरानी र तथ्याङ्क सङ्कलन गर्न, प्रयोगशालाको क्षमता र गुणस्तरमा सहयोग गरिहेको जानकारी दिए । साथै सङ्घीय सरकारलाई नीति निर्माणमा सहयोग गर्नुका साथै प्रादेशिक सरकारसँग पनि काम गरिरहेको उनले बताए ।

कोरोना नियन्त्रण र रोकथामका लागि नेपाललाई तीन तहका सरकारबीच समन्वय र सहकार्यको चुनौती रहेको भन्दै भ्यानडिलिएरले कोरोना सङ्क्रमित र सम्पर्कमा रहेकोको कट्याक्ट ट्रेसिङमा व्यक्तिको खोजी कार्य गर्न स्थानीय सरकारको महत्वपर्ण भूमिका हुने उदाहरण प्रस्तुत गरे । साथै हाल राज्यको समग्र ध्यान कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित भएका बेला सुत्केरी, बालबालिका दीर्घरोगी र अन्य बिरामीका उपचारमा पनि आवश्यक व्यवस्थापन गर्न चुनौती रहेको उनको भनाई थियो ।

स्वास्थ्य सेवाको सहज सुलभ पहुँच र गुणस्तर सुधार्नुपर्ने अवस्था रहेको भन्दै उनले कोरोना रोकथाम र नियन्त्रणमा आममानिसको व्यवहार परिवर्तन गर्न पनि चुनौती रहेको बताए । नेपालले धेरै प्रकारका प्रकोप देखेको र पुनः जीवन शुरु गर्न इच्छा शक्ति नेपालीमा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा स्वयमंसेवीको सहयोग पनि लिन सक्नुपर्ने सुझाव दिए । कोरोना नियन्त्रणमा सरकारले नीजि स्वास्थ्य संस्थाको पनि सहयोग लिनुपर्ने र नीजि क्षेत्रले पनि आफ्नो स्रोत साधन र जनशक्ति परिचालन गरी सहयोग गर्नुपर्ने दायित्व पुरा गर्नुपर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 सरकारी अस्पतालहरुमा भीड व्यवस्थापन

– डा बच्चुकैलाश कैनी नेपालका सरकारी अस्पतालहरु स्वास्थ्य सेवाको मेरुदण्ड हुन् । सबैको

देश त मारवाडी समुदायले पो चलाएको रहेछः बालेन साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले देश मारवाडी सेवा समाजले चलाएको टिप्पणी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण