कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कपिलवस्तुमा मंगलबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बुद्धपदम माविबाट संकलन गरिएको १७३ नमुना मध्ये २० जनामा पोजेटिभ र १५३ जनाको नेगेटिभ देखिएको छ । यससँगै कपिलवस्तुमा संक्रमितको संख्या १,०६५ पुगेको छ ।