कोरोना संक्रमणबाट विश्वमा ८ लाख १६ हजार भन्दा बढीको मृत्यु



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख १६ हजार नाघेको छ ।
विश्वका २ सय १६ देशका २ करोड ३८ लाख ६ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख १२ हजार ४ सयबढीलाई संक्रमण पुष्टि भएका छन् भने एकै दिन थप ४ हजार ३ सय भन्दाबढीको मृत्यु भएको छ । यो संगै संक्रमितको संख्या ८ लाख १६ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ।

यस्तै, १ करोड ६३ लाख ५६ हजार ८ सय भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६६ लाख ३२ हजार ९ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार ७ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।
कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५९ लाख १५ हजार ६ सय नाघेको छ । कोरोनाका कारण १ लाख ८१ हजार बढीको मृत्यु भएका छन् भने ३२लाख १७ हजार ९ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३६ लाख २७ हजार २ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख १५ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २७ लाख ७८ हजार ७ सय भन्दाबढी निको भएका छन् । यसैगरी छिमेकी मुलुक भारतमा ३१ लाख ६४ हजार ८ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८ हजार ५ सय नाघेको छ । संक्रमितमध्ये २४ लाख ३ हजार भन्दा धेरै निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसवर्ष बङ्गलादेशमा चट्याङ लागेर तीनसय जनाको मृत्यु

ढाका । बङ्गलादेशमा यसवर्ष चट्याङमा परी करिब तीनसय जनाको मृत्यु भएको छ ।

भारतको मेघालयमा बाढीपहिरोमा परी दश जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण कम्तीमा दश जनाको

सरकारले विपद प्रभावित लाभग्राहीको नाम आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम दिने

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित लाभग्राहीको नाम

‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’

  सिर्जना राई, काठमाडौँ । हिन्दूहरूको मुख्य पर्व बडादसैँ सुरु भइसकेको छ तर