विश्वमा ६१ हजार ५ सय कोरोना संक्रमितको अवस्था गम्भीर



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ३५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६ हजार ५ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ करोड ३५ लाख ८२ हजार ९ सय ८५ पुगेको छ । जसमध्ये १ करोड ६० लाख ८० हजार ४ सय भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

यस्तै एकै दिन थप ४ हजार २ सय भन्दाबढीको मृत्यु भएसंगै कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १२ हजार ४ सय नाघेको छ ।

संक्रमितमध्ये ६६ लाख ९० हजार बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार ५ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा ३३ लाख ५४ हजार ७४१, उत्तर अमेरिकी मुलुकहरूमा ६९ लाख ४३ हजार ४७९,एसियाली मुलुकहरूमा ६२ लाख ९८ हजार ३१४ ,दक्षिण अमेरिकी मुलुकहरूमा ५७ लाख ६४ हजार ७०८, अफ्रिकी मुलुकहरूमा १ लाख ९२ हजार ४१४, अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २७ हजार २३६ जना संक्रमित भएका छन् ।

कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५८ लाख ७४ हजार १ सय नाघेको छ । कोरोनाका कारण १ लाख ८० हजार ६ सय भन्दा बढीको मृत्यु भएका छन् भने ३१ लाख ६७ हजार भन्दाबढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३६ लाख ५ हजार ७ भन्दाबढी संक्रमित भएका छन् भने १ लाख १४ हजार ७ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २७ लाख ९ हजार ६ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा ३१ लाख ५ हजार १ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५७ हजार ६ सय नाघेको छ । संक्रमितमध्ये २३ लाख ३६ हजार ७ सय भन्दा धेरै निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि