यस्तो छ काठमाडौं महानगर क्षेत्रमा कोरोना संक्रमितको विवरण



काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंमा मृत्यु हुनेको संख्या आठ पुगेको छ । बालुवाटारमा एक, बानेश्वरमा तीन, टेकुमा एक, भीमसेनस्थानमा एक र महावौद्धमा दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै, काठमाडौं महानगर क्षेत्रमा भेटिएका १ हजार ५३७ कोरोना संक्रमितमध्ये भदौ ५ गतेसम्ममा १८८ जना निको भएर फर्किएका छन् । काठमाडौं महानगरपालिकाका बरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीका अनुसार १८८ जना निको भएका घर फर्किएका छन् । उनका अनुसार २८७ जनाले अस्पतालमा उपचार भइरहेको छ भने ३६२ होम आइसोलेसनमा छन् । त्यसतै मृत्यु हुनेको संख्या भने ८ पुगेको छ ।

साउन ३२ गते ९५५ जना संक्रमित भएको महानगरमा भदौ १ गते ११३ जना, २ गते १२७ जना, ३ गते १०५ जना, ४ गते १११ जना, ५ गते १२६ जना र ६ गते ६९ जना थपिएपछि कुल संक्रमितको संख्या १ हजार ६०६ पुगेको हो । यो विवरण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखालाई उपलब्ध गराएको हो ।
गएको २४ घण्टामा काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, आठ जनालाई सफाइ

काठमाडौं । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गरेको

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका