‘स्वास्थ्य मन्त्रीज्यू, यस्तो विवेकहीन र अव्यवहारिक कुराको कल्पना पनि गर्न सकिन्न’



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले काठमाडौं उपत्यकाका अस्पतालहरुले कोभिडका विरामीको उपचार अघि मन्त्रालयबाट स्वीकृति लिनुपर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सामाजिक संजालमार्फत सरकारको यस्तो निर्णय विवेकहीन भएको बताएका हुन् ।

केही दिनअघि स्वास्थ्य मन्त्रालयले कोभिडका विरामी भर्ना मन्त्रालयको स्वीकृति लिएर मात्र गर्न काठमाडौं उपत्यकाका अस्पताललाई परिपत्र गरेको थियो ।

थापाले लेखेका छन्, ‘स्वास्थ्य मन्त्रीज्यू, यो निर्देशनको अर्थ के हो ? लेखिएजस्तो विरामी भर्ना गर्नुपूर्व अस्पताल वा विरामीले मन्त्रालयको सिफारिस लिनुपर्ने भन्ने हो भने यस्तो विवेकहीन र अव्यवहारिक कुराको कल्पना पनि गर्न सकिन्न । लेखिएभन्दा फरक आसय हो भने के भन्न खोजेको हो प्रष्ट बुझ्ने गरी भनिदिनुहोस्।’
यस्तो छ मन्त्रालयको परिपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अधिकृत एकलाख २० हजार घुससहित पक्राउ

काठमाडौँ । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई

एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० सम्म काठमाडौंमा हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन फेरि सरेको छ । बुधबार बसेको

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् ।

सर्वोच्चको अन्तरिम आदेशको बेवास्ता गर्दै गण्डकीमा अधिवेशन आह्वान गरिएको भन्दै कांग्रेसको आपत्ति

गण्डकी । नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको