विश्वमा दुई करोड ३३ लाख कोरोना संक्रमितमध्ये एक करोड ५९ लाख संक्रमणमुक्त



विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ५९ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ३३ लाख ७७ हजार ८ सय भन्दाबढीमा सङ्क्रमण पुष्टि भएकामा १ करोड ५९ लाख ४ हजार २ सय भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका हुन् ।

यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ लाख ८ हजार ५ सय भन्दाबढी पुगेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ६६ लाख ६४ हजार ९ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६१ हजार ७ सय बढीको अवस्था गम्भीर रहेको छ ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५८ लाख ४१ हजार ४ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये ३१ लाख ४८ हजार बढी निको भएका छन् भने १ लाख ७८० हजार भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३५ लाख ८२ हजार ६ सय ९८ पुगेको छ भने १ लाख १४ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २७ लाख ९ हजार ६ सय भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा ७० हजार ६८ जना संक्रमित भएसँगै संक्रमितको संख्या ३० लाख ४३ हजार ४ सय ३६ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ हजार ८ सय नाघेको छ ।

संक्रमितमध्ये २२ लाख ७९ हजार भन्दा धेरै निको भएका छन् भने ७ लाख ६ हजार ६ सयबढीको उपचार भइरहेको छ । जसमध्ये ८ हजार ९ बढीको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

लाओसमा दादुरा र रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु

लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्छः राष्ट्रपति सी

  चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ