ओली र प्रचण्डद्वारा गठित कार्यदलले बुझायो प्रतिवेदन



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल“प्रचण्ड“द्वारा साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरेको छ । कार्यदलले शनिबार प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । प्रतिवेदनमा पार्टी एकीकरणलाई मजबुत बनाउने र पार्टी भित्रका आन्तरिक विबादलाई सहमतिकै आधारमा निष्कर्षमा पुर्याउने उल्लेख गरिएको बताइएको छ ।

त्यस्तै सचिवालयमा भएको सहमति अनुसार प्रचण्डलाई पूर्ण कार्यकारी अधिकारसहित पार्टी संचालनको जिम्मा दिने विषय प्रतिवेदनमा उल्लेख छ । यस्तै केपी ओलीले संसदको यो कार्यकालभरी सरकार संचालन गर्ने र यसमा पार्टीले सघाउने उल्लेख छ ।

सरकार संचालन र महत्वपूर्ण नियुक्तिमा प्रधानमन्त्रीले पार्टीको सुझाव सल्लाह लिने विषयलाई पनि कार्यदलले प्रतिवेदनमा समेटिएको बताइएको छ । कार्यदलमा संयोजक विष्णुप्रसाद पौडेल र सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा