कोरोना संक्रमणबाट विश्वमा आठ लाखको मृत्यु, २ करोड ३१ लाखलाई संक्रमण



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । गत डिसेम्बर अन्तिमबाट चीनको वुहानबाट फैलिएको संक्रमणबाट विश्वका २ सय १६ देशका २ करोड ३१ लाख ६ हजार ७ सय भन्दाबढी संक्रमित भएका छन् । यस्तै, संक्रमितमध्ये ८ लाख २ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ ।

यस्तै, १ करोड ५७ लाख १ हजार ८ सय भन्दाबढीको उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ६६ लाख १ हजार ८ सय बढीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६१ हजार ८ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५७ लाख ९६ हजार ७ सय नाघेको छ । कोरोनाका कारण १ लाख ७९ हजार बढीको मृत्यु भएका छन् भने ३१ लाख २७ हजार ४ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३५ लाख ३६ हजार ४ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख १३ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २६ लाख ७० हजार ७ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २९ लाख ७३ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५५ हजार ९ सय नाघेको छ । संक्रमितमध्ये २२ लाख २२ हजार भन्दा धेरै निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्ता छन् नेपाल र कतारबीच यसअघि भएका महत्वपूर्ण द्विपक्षीय सम्झौता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडान सम्झौताका लागि पहल गर्न व्यवसायीको आग्रह

  भैरहवा  । नेपाल भ्रमणमा आउन लागेका कतारका अमिरको भ्रमणका अवसरमा भैरहवाको गौतमबुद्ध

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)

रुसी चेम्बर्सलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

  काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले