थप ७०७ जनामा कोरोना संक्रमण, २६४ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७०७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा १७४, भक्तपुरमा ८ र ललितपुरमा थप १८ जना गरी काठमाडौं उपत्यकामा बिहीबार थप २०० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,८३२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११,७६८ जना छन् ।

आइसोलेसनमा ११,५५५ जना सक्रिय संक्रमित रहेकमा छन् । बिहीबार थप २६४ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७,९६४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा बागमतीका स्वास्थ्यमन्त्री थापा

भक्तपुर । शनिबार कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि

राष्ट्रियताका निम्ति स्वभीमानी नेपाली एक हुनुपर्छः भीम रावल

लमजुङ । भूमि जागरण अभियान नेपालका संयोजक  डा. भीम रावलले राष्ट्र र राष्ट्रियताका

चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू

हार्ट क्लव नेपालको २७ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । हार्ट क्लव नेपालको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ