काठमाडौं महानगरपालिकाले एक हप्ताभित्र उपत्यकास्तरीय एकीकृत आइसोलेसन केन्द्र निर्माण गर्ने



काठमाडौं । काठमाडौ महानगरपालिकाले आउँदो १ हप्ताभित्र उपत्यकास्तरीय एकीकृत आइसोलेसन केन्द्र निर्माण गर्ने भएको छ । कोभिड १९ को बढ्दो संक्रमण व्यवस्थापन गर्न र तेश्रो मुलुकबाट आउने ठूलो संख्याका यात्रुलाई निगरानी अवधिभर राख्नका लागि एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माणमा लागेको हो ।

बुधबार काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले नगरबासीलाई महामारी नियन्त्रणका लागि निरन्तर सहयोग गर्न अपिल गर्दै भने,‘काठमाडौं महानगरपालिका उपत्यका स्तरीय एकीकृत क्वारेन्टाइन तथा आइसोलेसन निर्माण गर्ने कार्यमा जुटिरहेको छ । संघ र प्रदेश सरकार तथा उपत्यकाका नगरपालिकाहरुको समन्वय र सहभागितामा आगामी १ हप्ता करीब ५ हजार क्षमताको एकीकृत आइसोलेसन निर्माण गरिने व्यहोरा जानकारी गराउन चाहन्छु ।’

स्थानीय प्रशासनले महामारी नियन्त्रणका लागि जारी गरेको निधेषाज्ञाको स्वागत गर्दै यसको पूर्ण पालनाका लागि नगरबासीलाई मेयर शाक्यले अनुरोध गरेका छन् । उनले कोरोना संक्रमण फैलिने मुख्य कारण नै भीड भएकोले अवस्था नियन्त्रणमा नआउञ्जेल घरबाट बाहिर ननिस्कन, बाहिर आउनै परे मास्क र स्यानिटाइजरको उचित प्रयोग गर्न, जात्रा र पर्व मनाउँदा बिधि मात्र पूरा गर्न तर भीड नगर्न, समय समयमा साबुन पानीले हात धुन आग्रह गरे । उनले जोखिममा भएका बर्गको परीक्षण, आइसोलेसन र क्वारेन्टाइनको निर्माणसँगै स्तरीय स्वास्थ्य सेवाको गुणस्तरीयतामा ध्यान दिनु पर्ने उल्लेख गरे ।

कोभिडका समयमा बिरामीलाई अस्पतालको सेवा लिन जान अप्ठ्यारो नपरोस् भनेर नेपाल एम्बुलेन्स सेवा १०२ सञ्चालनमा ल्याइएको बताउँदै कुनै समस्या परे यो सेवा लिन उपत्यकाबासीलाई उनले अपील गरेका छन् ।

उनले भने, ‘पिसिआर परीक्षणले कोरोना नियन्त्रण र रोकथाम गर्दैन । यो भाइरस नियन्त्रणको औषधि होइन, रोग छ कि छैन भनेर परीक्षण गर्ने बिधि मात्र हो । त्यसैले महामारी न्युनीकरणका लागि पिसिआर परीक्षणमा होइन, मास्क लगाउने, साबुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने जस्ता व्यवहारमा जोड दिनुपर्छ । काठमाडौं महानगरले अहिलेसम्म १० वटा कन्ट्र्याक टेसिङ् टोली बनाएर सबै वडामा परिचालन गरेको छ । यी जनशक्तिले संक्रमित शंका भएका, र संक्रमितसँग सम्पर्क भएकाकारण संक्रमणको सम्भावना भएका १ हजार ७९५ जना व्यक्तिको पिसिआर बिधिबाट परीक्षण गरिसकेका छन् ।’ महानगरले सचेतनाका लागि माइकिङ् गर्ने, निसंक्रमणका लागि स्प्रे गरेर भाइरस सर्ने वातावरण नष्ट गर्ने काम भइरहेको जानकारी दिएको छ ।

काठमाडौंको सम्भावित जोखिमलाई सबै मिलेर कम गर्न सकिने भएकोले नागरिककातर्फबाट सरकारले जारी गरेका निर्देशनको पालना गर्ने र तहगत सरकारले विपद्÷महामारी नियन्त्रणका लागि समन्वय र सहकार्य गर्नुपर्नेमा अपिलमार्फत मेयर शाक्यले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत