हेटौंडा र चितवनमा गरी कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु



हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । मंगलबार राति हेटौंडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौंडा–४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिएका छन् ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा रहेको कोरोना प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा मृत्यु भएका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । उनी लामो समयदेखि उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित थिए । कोरोना सङ्क्रमणबाट मकवानपुरमा पहिलोपटक एक जनाको मृत्यु भएको हो ।

त्यसैगरी, पूर्वी चितवनको खैरहनी नगरपालिका–३ गोठसोरमा एक वृद्धाको मृत्युपछि कोरोना पुष्टि भएको छ । एक सय आठ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिए । उनको मङ्गलबार मात्रै पीसीआरको रिपोर्ट आएको हो । नतिजामा कोरोना सङ्क्रमण देखिएको छ ।

साउन २४ गते क्यान्सर अस्पतालमा कार्यरत आफन्तले भेटघाट गरेर गएसँगै आफन्तको नमूना परीक्षणका क्रममा सङ्क्रमित देखिएपछि उनको स्वाब सङ्कलन गरिएको थियो । उनीसँगै उनको हेरचाह गर्ने चार जनामा पनि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । मृतक वृद्धाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा ६ जना विनाविभागीय मन्त्री नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री

कांग्रेस सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई सघाउन तयार

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा(एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ

माधव नेपालसँगको भेटपछि देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले

राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका