‘प्रेस काउन्सिललाई स्वायत्त रहन दिने कि गुटगत प्रचार कोटरी बनाएरै छाड्ने प्रधानमन्त्रीज्यू ?’



काठमाडौं । नेपाली कांग्रेसले नेकपाको सरकार गठन भएदेखि नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउन गरिएका कर्मको पछिल्लो उदाहरण प्रेस काउन्सिल प्रकरणमा देखिएको बताएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गरी सरकारले ठाडै हस्तक्षेप मार्फत काउन्सिललाई नेकपाको, त्यहाँ भित्र प्रधानमन्त्री निकट गुटको अझ त्यहाँ भित्रपनि केही निस्चित ब्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘काउन्सिलको जिम्मेवारीमा को ब्यक्ति थिए, छन् या ल्याइएका छन् हाम्रो चासो त्यसमा होइन । प्रश्न व्यक्तिको होइन विधिको हो । प्रश्न नेपाली प्रेसलाई स्वतन्त्र ढंगले कार्य गर्न सहज तुल्याउने र प्रेसलाई मर्यादित राख्न कसैको पनि दबाब मुक्त उत्प्रेरणाको कार्य गर्ने थलोको हो । यसबारे विगतमा कुनै कमजोरी भएका थिए भने पनि त्यसलाई नजिरका रूपमा लिएर दोहोर्याउने होइन, सच्याएर काउन्सिललाई राजनैतिक आग्रह मुक्त स्वतन्त्र प्रेसको उच्च गरिमा राख्ने थलोका रुपमा परिस्कृत र विकसित गर्ने आजको समयको माग र आवश्यकता हो । तर नियन्त्रित प्रेसको बाटोमा सरकार शृङ्खलाबद्ध ढंगले कार्य गरिरहेको छ, नेपाली कांग्रेसले यसलाई गम्भीरतापूर्वक लिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले वैशाख दश गते हुने उपनिर्वाचनमा चितवन २ मा रामप्रसाद

समाजवाद उन्मुख देशका मानिस आफ्ना खर खाँचोको लागि किन मिटरब्याजी समक्ष ऋण लिन जान्छन् ?

केशवप्रसाद भट्टराई । १. हामीसँग स्थानीय र प्रदेश सरकार पनि छन् तर उखु

मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन

रसुवागढी नाका तीन वर्षपछि मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका शनिबारदेखि पूर्णरुपमा सञ्चालनमा आएको