एसईईको नतिजा सार्वजनिक



भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फारम भरेपनि चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

परीक्षाका लागि फारम भरेका मध्ये १० हजार ९०८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भएको र नियम पूरा नगरी अयोग्य भएकाले नतिजा नआएको उनले जानकारी दिए । नतिजा सार्वजनिक गरेपनि बोर्डले कति विद्यार्थीले कुन जिपिए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । उक्त विवरण विद्यार्थीले विभिन्न वेभसाईट र एसएमएसबाट थाहा पाउन सक्ने व्यवस्था गरिएको छ ।

यसवर्षको नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुर्नयोग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी कार्य भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिन भित्र जिल्लास्थित शिक्षा तथा समन्वय एकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको सदस्य सचिव अर्यालले जानकारी दिए ।

गत चैत ६ गतेबाट सञ्चालन गर्ने गरी तय गरेको परीक्षा कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण अन्तिम समयमा आएर सरकारले स्थगन गरेपछि कक्षा १० को परीक्षामा आएको नतिजा र विद्यालयको समितिले गरेको मूल्याङ्कनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षताको तीन सदस्यीय मूल्याङ्कन समितिले गर्ने आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयहरुले आ–आफ्ना विद्यालयका कक्षा १० का विद्यार्थीको नतिजा तयार पारेर बोर्डमा पठाएका थिए । सोही अधारमा बोर्डले अक्षराङ्कनमा बदलेर प्रमाणीकरण गरेर अन्तिम नतिजा तयार पारी सार्वजनिक गरिएको बताईएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको र सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग सहमति लिएर नतिजा सार्वजनिक गरेको हो । परीक्षाफल प्रकाशित भएपनि भदौ १५ गतेसम्म विद्यार्थी भर्ना गर्न भने नपाइने भएको छ । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय एकाइले कारबाही गर्ने बताएको छ ।

शिक्षा ऐनको आठौँ संशोधनले संरचना परिवर्तन गरेसँगै विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ मा हुने र कक्षा १० लाई प्रदेशस्तरमा सञ्चालन गर्ने व्यवस्था भएपनि अझै लागू भएको छैन । बोर्डका अनुसार नेपाल टेलिकम र एनसेलको नम्बरबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिनेछ । यस्तै, इजी सर्भिस प्रालिले ३४९४९ मा सिम्बोल नम्बर एसएमएस गरेर नतिजा थाहा पाउने व्यबस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एयर इण्डियाकातर्फबाट देखिएको लापरबाहीका सम्बन्धमा छानबिन गर्न समिति गठन

काठमाडौँ । पछिल्ला दिनमा एकपछि अर्को हवाई सुरक्षासँग जोडिएका घटना सार्वजनिक भइरहेका बेला

लुम्बिनीमा डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन बुझाइयो ५३ सांसदको हस्ताक्षर

लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन

आर्थिक संकट समाधानका लागि प्रधानमन्त्रीको इच्छा शक्तिले मात्र हुँदैन, सबै दल एकजुट हुनुपर्छः शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले आर्थिक संकट समाधानका लागि फजुल

उपनिर्वाचन लडेर संसदमा आउन सत्ता गठबन्धनका नेताले आग्रह गरिहनुभएको छः अध्यक्ष यादव

धनगढी । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बारामा उपनिर्वाचन लड्ने मनसाय