बुटवल उपमहानगरका तीन अधिकृतसहित थप १६ जनामा कोरोना संक्रमण



बुटवल । बुटवल उपमहानगरपालिकाका तीन जना अधिकृतसहित रुपन्देहीमा आइतबार १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार संक्रमित हुनेमा उपमहानगरपालिकाका दुईजना शाखा प्रमुख हुन् भने र एकजना अधिकृत स्तरका सहायक शाखा प्रमुख हुन् ।

त्यस्तै कोरोना पुष्टि भएका बाँकी १३ जना वडा नम्बर ११ कालिकानगर र देवीनगरका रहेका सिंहले जानकारी दिए । देवीनगर र कालिकानगरका १३ जना संक्रमित पनि पारिवारिक नातेदार भित्रका रहेका उपमहानगरपालिकाले जनाएको छ । बुटवलमा यति धेरै संक्रमित थपिएको आइतबार पहिलो पटक हो ।

योसंगै बुटवलमा कुल संक्रमितको संख्या ८० पुगेको छ । ति मध्ये ५६ जना सक्रिय संक्रमित रहेका छन् भने २४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १९ वटा वडा रहेको बुटवलमा वडा नम्बर ११ का १८ जना संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकार ढुक्क छ, सदनमा प्रस्तुत सबै अध्यादेश पास हुन्छन्ः सञ्चारमन्त्री गुरूङ

कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा

विदेश पलायन भइरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता होः राष्ट्रपति पौडेल

गण्डकी । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्नेमात्र नभई धेरै भएको छ तर

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा बागमतीका स्वास्थ्यमन्त्री थापा

भक्तपुर । शनिबार कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि

चार्ल्स डार्विन र युक्रेन युद्ध

-डा. गोविन्दशरण उपाध्याय । बलिया देशले न सन्धि मान्छन् न सम्झौता नै, उनीहरू