वीपी प्रतिष्ठान धरानमा एक कोरोना संक्रमित महिलाको निधन



धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित महिलाको निधन भएको छ । विराटनगरको न्युरो हस्पिटलबाट रेफर भई वीपी प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी ५० बर्षीया महिलाको उपचारका क्रममा शनिबार राती निधन भएको हो ।

पाँचदिन दिनदेखि अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई न्युरो अस्पतालले शनिबार प्रतिष्ठान रेफर गरिएको थियो । प्रतिष्ठानमा भर्ना गरिएपछि उपचारको क्रममा उनको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

महिलालाई फोक्सोको समस्या, थाईराइडको समस्या र मुटुको उपचार दिल्लीमा भएको थियो । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भईरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीको प्रश्नः राष्ट्रिय गौरवका आयोजनालाई गति दिन के-के गर्न सकिन्छ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कामको गतिलाई तीव्रता दिने

प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस, ३० वर्षे सेवाअवधि हट्ने

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण

उपनिर्वाचनमा सेना परिचालन हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

चित्रलेखा यादव अस्ट्रेलियाको राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका