विश्वका कोरोना संक्रमितमध्ये ६४ हजारको स्वास्थ्य अवस्था गम्भीर



विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड १६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ४८ हजार भन्दाबढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ करोड १६ लाख ४ हजार १ सय ९२ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ४३ लाख २३ हजार १ सयभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ हजार १ सय बढीको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७ लाख ६८ हजार ७ सय ३९ पुगेको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमितमध्ये ६५ लाख १२ हजार भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६४ हजार ४ सयबढीको अवस्था गम्भीर रहेको छ ।
यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५५ लाख २९ हजार ७ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २९ लाख बढी निको भएका छन् भने १ लाख ७२ हजार ६ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३३ लाख १७ हजार ८ सय ३२ पुगेको छ भने १ लाख ७ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २४ लाख ४ हजार २ सय भन्दा बढी निको भएका छन् ।

यस्तै छिमेकी मुलुक भारतामा २५ लाख ८९ हजार २ सयभन्दाबढी संक्रमित भएको छन् भने ५० हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये १८ लाख ६० हजार ६ सय भन्दाबढी उपचार पछि निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र कतारका अमिरबीच शीतल निवासमा भेटवार्ता

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम बिन हमाद अल

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

दुई दिने राजकीय भ्रमणका लागि कतारका अमिर काठमाडौंमा(भिडियोसहित)

काठमाडौँ ।  मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई