जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ?
काठमाडौं । नेपाली कांग्रेसले पहिरो प्रभावित सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदीबासीलाई यसअघि स्थानान्तरण नगरेकोप्रति आपत्ति जनाएको छ ।
कांग्रेसले शनिबार विज्ञप्ति जारी गरी लिदीबासीको आग्रहलाई बेवास्ता ठूलो मानवीय क्षति भएकोमा जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ? भन्दै प्रश्न गरेको छ । लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी बेपत्ता भएका मध्ये १६ जनाको शव भेटिएको छ भने २२ जना अझै भेटिएका छैनन् ।