काठमाडौं महानगरक्षेत्रभित्र ७५२ जनामा कोरोना पोजेटिभ, १,५५४ जनाको कन्ट्याक्ट ट्रेसिङ



काठमाडौं । साउन २९ गतेसम्म काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखामा प्राप्त बिववरणअनुसार कोरोना पोजेटिभ हुने व्यक्तिको संख्या ७५२ र मृत्यु हुनेको संख्या ४ पुगेको छ । यस अवधिमा पोजेटिभ देखिएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा भएका १ हजार ५५४ जनाको कन्ट्र्याक्ट ट्रेसिङ गरिएको छ । जसमध्ये ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो संख्यामध्येको धेरै साउन १५ पछिको केस हो । यसकारण निको भएर फर्कनेको संख्या आउन बाँकी छ ।

जनस्वास्थ्य महाशाखाका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओली भन्छन्, ‘यो संख्यामा केही तलमाथि हुन्छ । ठूला अस्पतालको विवरण महानगरमा आएको छैन । उहाँहरुले महानगरमा बसोबास गर्नेहरुको परीक्षण र उपचार गर्नुभएको छ । सर्वोच्च अदालत, नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका कार्यालयहरुमा परीक्षण गर्नुभएको छ । यसरी गरिएका परीक्षणमध्ये केहीको संख्या महानगरलाई उपलब्ध गराइएको छ भने केहीको संख्या प्राप्त हुन सकेको छैन । यसकारण संख्यामा केही तलमाथि हुनसक्छ ।’

ओलीकाअनुसार संक्रमण बढ्दो दरमा रहेकाले पनि संख्या छिनमै तलमाथि हुन सक्छ । उनले भने, ‘अहिलेसम्म हामी साउन २९ गतेसम्म महानगरमा भएका संक्रमितको हाराहारी संख्या मात्र भन्न सक्ने अवस्थामा छौं । हामीलाई करीब २२० व्यक्ति होम आइसोलेसनमा रहनुभएको जानकारी छ । उहाँहरुमा स्वास्थ्य जटिलता बढ्दै गए अस्पताल जानुहुन्छ । यसको विवरण महानगरमा आउँदैन । यसकारण होम आइसोलेसनबाट कति विरामी उपचाररत हुनुहुन्छ । उहाँहरुमध्ये कति अस्पताल जानुभयो र निको भएर कतिजना फर्कनुभयो भन्ने तथ्याङ्क एकिन हुन सकेको छैन ।’

प्राप्त बिवरणअनुसा सबैभन्दा धेरै संक्रमितको संख्या वडा ४ मा देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएका पोजेटिभ केस यही वडामा जोडिएकोले यस वडामा संक्रमितको संख्या धेरै देखिएको हो । वडा २ मा अहिलेसम्म कुनै पनि पोजिटिभ केस देखिएको छैन । ओलीकाअनुसार महानगरमा वडा १ बाट ३७ जना, ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना संक्रमितको संख्या दर्ता भएको छ । ४ बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित ६१ जना, ५ बाट १७ जना, ६ बाट १५ जना, ७ र ८ बाट क्रमशः १०÷१० जना संक्रमित देखिएका छन् । वडा ९ मा ५ जना, १० मा ३८ जना, ११ मा १९ जना, १२ मा १२ जना, १३ मा ३३ जना, १४ मा ५६ जना, १५ मा १३ जना, १६ मा ४६ जना, १७ मा १४ जना संक्रमित देखिएका छन् । वडा १८, १९, २० र २१ मा मा १÷२ जना देखिएका छन् भने वडा २२ मा ४ जना देखिएका छन् । वडा २३ मा १० जना, २४ मा २५ जना, २६ मा १७ जना, २७ मा ३४ जना, २८ मा २७ जना, २९ मा ३० जना, ३० मा १४ जना, ३१ मा २८ र ३२ मा ५३ जना संक्रमितको संख्या देखिएको छ ।

संक्रमितको पहिचान, उनीहरुको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहेकाहरुको खोजी र निगरानी गर्ने कामलाई व्यवस्थित बनाउन महानगरले कन्ट्र्याक टे«ेसिङ् कार्यलाई तीब्र बनाएको छ । यसका लागि वडा क्लिनिकका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु खटिएका छन् ।
संक्रमित देखिएका ठाउँमा वडा कार्यालयहरुले प्रहरीसँग समन्वय गरेर आवतजावत बन्द गरेर निगरानी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने