थप ४६८ जनामा कोरोना संक्रमण, १२४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४६८जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११,०४७ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १४,४४८ जना रहेका छन् ।
आइसोलेसनमा ८,१९३ जना सक्रिय संक्रमित रहेका छन् । होमआइसोलेसनमा ५२३ जना छन् । शनिबार थप १२४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७,२०१ पुगेको मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषामा गरी थप तीन जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १०२ पुगेको मन्त्रालयले जनाएको छ ।