कोरोना संक्रमणबाट कपिलवस्तुका ४० वर्षीय पुरुषको मृत्यु



बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीन दिनदेखि अस्पतालमा उपचाररत कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय पुरुषको शनिवार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उपचारका लागि अस्पताल आउँदा ती पुरुषको फोक्सोमा समस्या देखिएको थियो । आइसीयुमा राखेर उपचार हुँदै गर्दा उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए । दुईपटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएका ति पुरुषको शनिवार बिहान जीन एक्सपट मेशीनमार्फत गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणबाट पर्सामा थप एकजनाको मृत्यु,

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका तथा जमरा

आश्विन शुक्ल दशमीः हर्षोल्लासका साथ विजया दशमी मनाइँदै

काठमाडौं  । बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ

पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई