काठमाडौं उपत्यकामा सभा, जुलुस, जात्रा महोत्सव सञ्चालनमा रोक



काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकामा जात्रा र भेला गर्न गराउन रोक लगाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी भदौ १५ गतेसम्मका लागि जात्रा, भेला नगर्न निर्देशन दिएका हुन् ।

खुला ठाउँमा भेला हुन, जम्मा हुन, भिडभाड गर्न र सभा, जुलुस गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ । यस्तै दैनिक हुने नित्य पूजाबाहेकका सबै धार्मिक गतिविधिहरु, उद्योग व्यापार व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्वलगायतका धार्मिक सांस्कृतिक कार्यका लागि भिडभाड नगर्न तथा शैक्षिक संस्था नखोल्न भनिएको छ ।

साथै सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैुलुन, ब्युटीपार्लर, जिमखाना, खेलकुदलगायतमा पनि रोक लगाइएको छ । निषेध गरिएका गतिविधि गरेको पाइए कारबाही हुने काठमाडौका प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुथा उत्तरगंगामा कांग्रेस-एमाले गठबन्धनलाई पराजित गर्दै माओवादीकी नरपुरा बुढा निर्वाचित

रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की नरपुरा बुढा निर्वाचित

एक सातामा धरहराबाट करिब १५ लाख राजस्व सङ्कलन

काठमाडौँ ।  विसं २०७२ को भूकम्पले पूर्ण क्षति भएपछि पुनः निर्माण सम्पन्न ऐतिहासिक

आफ्ना सांसद गोमा लाभलाई कारबाही नगरेको भन्दै जनमतले माग्यो सभामुखको राजीनामा

काठमाडौं । जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ । समानुपातिक सांसद

कोशीमा कोइराला पक्षले भेलाको तयारी गरेपछि केन्द्रले भन्यो-मंसिर २२ अघि कुनै कार्यक्रम छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षले कोशी प्रदेशका पालिका सभापतिहरूको